समाचार

मेक्सिकोमा पुन ६ दशमलब २ रेक्टरको भुकम्प

मेक्सिको, ८ असोज । मेक्सिकोमा पुन ६ दशमलब २ रेक्टरको भुकम्प गएको छ ।

मक्सिकोको दक्षिणी राज्य ओहाकास्थित मटिआस रोमेरो शहर नजिकै केन्द्रबिन्दु बनाइ तेस्रो पटक ६ दशमलब २ रेक्टरको भुकम्प गएको हो ।
मेक्सिकोमा २ साताको अबधिमा तेस्रो पटक गएको यो भुकम्प ८ दशमलब ९ किलोमिटरको गहिराइमा गएको अमेरिकी भुगर्भ सर्वेक्षणले जनाएको छ । गत सेप्टेम्बरको ८ मा ८ दशमलब १ रेक्टरको भुकम्पमा परि ९० जनाको ज्यान गएको थियो ।

गत मंगलबार पनि दोस्रो पटक ७ दशमलब १ रेक्टरको भुकम्प जादा ज्यान गुमाउनेको सङख्या २ सय ७३ जना पुगेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट