समाचार

‘मै बनाउँछु–मेरा धराहरा’ कामलाई तीव्रता दिने प्रतिवद्धता

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई अघि बढाउन सहज अवस्था आएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामबाट निराश नहुन पनि सबैमा आह्वान गर्नु भयो । उहाँले धराहरालगायत काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गर्नु भयो । विनाशकारी भूकम्प गएको ३ वर्ष पुगेको अवसर पारेर भग्नावशेष अवस्थामा रहेको धराहराको फेदमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामलाई अघि बढाउन अनुकूलता थपिएको स्पष्ट पार्नु भयो ।

उहाँले काठमाडौं महानगरपालिका लगायतका स्थानीय निकाय पुनर्निर्माणको कामलाई तीव्र ढंगले अघि बढाउन अग्रसर देखिएको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा सूरुवात गरेको ‘मै बनाउँछु–मेरा धराहरा’ भन्ने अभियानलाई पुनः ब्युत्याएर धराहरालगायतका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । पुनर्निर्माणको कामलाई अघि बढाउन अव अनुकूल वातावरण बन्न गएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक व्यवस्थापनको काममा केन्द्रित हुनुपर्दा विगतमा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्मरण गराउनु भयो । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले ‘मै बनाउँछु–मेरो धराहरा’ भन्ने अभियानलाई अघि बढाउन काठमाडौंबासी तत्पर रहेको पनि उल्लेख गर्नु भयो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले जनताको सहयोगमै काठमाडौं महानगरपालिका भित्रका सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको पनि बताउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट