समाचार

मोरङको कानेपोखरीस्थित एक घरमा आगलागी, एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं, ५ असोज । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान अचानक आगलागी हुँदा उनीसहित ४ जनाको मृत्यु भएको हो ।

आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी आमा गंगामाया राई, श्रीमती पार्वता राई र बहिनी विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

आगो तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट