समाचार

मोशुललाई आईएस नियन्त्रणबाट मुक्त गर्न कुर्दसहितका ईराकी सेनाबाट आक्रमण जारी

इराकमा साम्प्रदायिक हिंसा मच्चाउदै आएको ‘अल कायदा–इराक’ सन् २०१३मा छिमेकी सिरियामा सुरु भएको गृहयुद्धमा इस्लामीक स्टेटको नामबाट सहभागी भयो । इस्लामीक स्टेटले कुनै समय सिरिया तथा इराकको एक तिहाइ भूभाग कब्जा गरेको थियो । तर, केही समय यता इस्लामीक स्टेट आफूले कब्जा गरेका भूभाग लडाकु तथा महत्वपूर्ण नेताहरु गुमाउदै आएको छ । राजनीतिक अस्थिरताका कारण सिरिया तथा इराकमा इस्लामीक स्टेट बलियो देखिएको थियो । सुरुमा इस्लामीक स्टेटको आक्रमणको गति अत्यन्त तीब्र रहेको थियो जसको सामना गर्न कसैको तयारी थिएन । इराकी सेना अत्यन्त कमजोर थियो भने सिरियाली सेना गृहयुद्ध लडिरहेको थियो । समय बित्दै जाँदा अमेरीकी नेतृत्वको गठबन्धनले सुरु गरेको हवाइ आक्रमण प्रभावकारी देखियो । त्यस्तै इस्लामीक स्टेट विरुद्ध इराकी सेना लाइ इरानले सहयोग गर्यो भने सिरिया तथा इराकका कुर्दहरुलाइ अमेरीका नेतृत्वको गठबन्धनले सहयोग गर्यो । त्यसैक्रममा कुर्दहरुबाट सन् २०१५को सुरुमा सिरियाको कोबानीमा इस्लामीक स्टेटले नराम्रो पराजय व्यहोर्यो । त्यसयता विभिन्न मोर्चामा इस्लामीक स्टेटको पराजय जारी छ । इस्लामीक स्टेटको लडाकुहरु विभिन्न आक्रमण तथा हवाइ हमलामा मारिदै आएका छन् । जसलाई प्रतिस्थापन गर्न ऊसँग कुनै संयन्त्र छैन । इस्लामीक स्टेटको नियन्त्रणमा रहेका मानिसहरु इस्लामीक स्टेटको क्रुर तथा अमानविय शासन सँग असन्तुष्ट छन् । त्यस्तै, इस्लामीक स्टेटले नियन्त्रण गरेका तेलका कुवाहरुमा हवाइ आक्रमण हुँदा उसको प्रमुख आय श्रोत पनि खुम्चन थालेको छ । विभिन्न मोर्चामा जारी पराजयले इस्लामीक स्टेटका लडाकुहरुको मनोबल पनि गिर्दो छ । इस्लामीक स्टेट विरुद्ध लडिरहेका शक्तीहरुलाइ अन्तर्राष्ट्रिय सहयोग छ । इराकी सेनालाइ इरान तथा अमेरीकाले सहयोग गरिरहेको छ भने सिरिया तथा इराकका कुर्दहरुलाइ अमेरीकी गठबन्धनको सहयोग रहेको छ । सिरियाली सेनालाइ रुस तथा इरानले सहयोग गर्दै आएका छन् । त्यस्तै सिरियाका विपक्षिहरुलाइ टर्की तथा खाडी राष्ट्रले सहयोग गर्दै आएका छन् । अब इस्लामीक स्टेट सिरिया तथा इराकको सानो क्षेत्रमा मात्र सिमित छ । सिरियाको रक्का तथा इराकको मोसुल मुक्त गर्नसके इस्लामीक स्टेट पूरै पराजित हुनेछ । मोसुल मुक्त गर्ने कारवाही जारी छ भने रक्का मुक्त गर्नका लागी चाँडै कारवाही सुरु हुने जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट