समाचार

मौन अवधिमा ६ किसिमका राेक लगाइयाे

काठमाडौं, २९ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ ।
मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न पाइँदैन । बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध छ । निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट