समाचार

म्याग्दीमा चुनावी चटारो, उम्मेदवार छनौटमा सकस

म्याग्दी ६ चैत । सन्तोष गौतम । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनितिक दलहरुले उमेद्वार छनौट र सिफारीस कार्यलाई तिब्र बनाएका छन् । उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि म्याग्दीका प्रमुख दललाई उम्मेदवार छान्न निकै सकस भएकोे छ ।

केन्द्र बिवाद रहेको रघुगंगा बाहेक अन्नपूर्ण, धौलागिरी, मालीका र मंगला गाउँपालीका तथा त्यस अन्तरगतका वडाहरुको उमेद्वार सिफारीसका लागि दलहरुले गृहकार्य तिब्र बनाएका छन् । काँग्रेसले मालीका गाउँपालीकाको प्रमुखमा श्रीप्रसाद रोका, उपप्रमुखमा बिमला रोका, अन्नपूर्णको प्रमुखमा डमबहादुर पुन, अन्नपूर्ण ६ को अध्यक्षमा कृष्णप्रसाद बरुवालको नाम सर्वसम्मत सिफारीस गरीसकेको छ ।

उमेद्वारको नाम सिफारीसका लागि आन्तरीक छलफल तिब्र बनाएका एमालेले अन्नपूर्ण ६मा गोकुल बरुवाल, बेनपा १ मा टेकबहादुर रावल र ५ मा लक्ष्मण बानियालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्बसम्मत निर्णय गरेको छ ।

सबै स्थानीय तहबाट बुधबारसम्म आईपुग्ने उमेद्वारको सिफारीस वडा तहको जिल्लामा टुङ्ग्याउने र नगर गाउँपालीकाको प्रदेशमा सिफारीस गर्ने एमालेले जनाएको छ । बेनी नगरपालीकामा एमालेका प्रमोद श्रेष्ठ, सन्तोष रावल, देवबहादुर घले, सुरत केसी, राजकुमार थापा मेयरको उमेद्वार बन्न आकांक्षी देखिनुभएको छ ।

Myagdi 2

माओवादी केन्द्रमा बेनी नगरपालीकाको मेयरको उमेद्वार बन्न कृष्णबहादुर थापा, शेरबहादुर केसी, बिनोद केसी र ज्योती लामिछाने आकांक्षी देखिनुभएको छ ।

नेकपा माओवादी केन्द्रले सबै स्थानीय तह र वडाहरुबाट सिफारीस भएर आएका उमेद्वारको अन्तिम टुङ्गो लगाएर बैशाख ९ गते घोषणा गर्ने जनाएको छ ।

Myagdi

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालीकामा पुर्व अध्यक्ष एकेन्द्र रावल र उपप्रमुखमा सञ्जु बरुवाल उमेद्वारको आकांक्षी रहनुभएको छ । राष्ट्रिय जनमोर्चाले फौजबहादुर कार्की बिदुरलाई मेयर र भुमाकुमारी कार्की बिष्णु लाई उपमेयरको उमेद्वार बनाउने निर्णय गरेको छ ।

एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वडा रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ । चुनावबाट २३७ जनप्रतिनिधी निर्वाचीत हुने जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट