समाचार

म्याग्दीमा देखियो चुनावको यस्तो उत्साह

म्याग्दी, २९ बैशाख । स्थानीय तहमा जनप्रतिनिधी चयन गर्नका लागि आईतबार हुन लागेको स्थानीय तह निर्वाचनमा मतदानका लागि म्याग्दीका बासिन्दा ब्यग्र प्रतिक्षामा छन् । जनप्रतिनिधिको अभावमा करिब डेढ दशकसम्म सुस्ताएको विकास, बढेको बेथिति र ओझेलमा परेको जनताको समस्यालाई अब चुनिने जनप्रतिनिधीले समाधान गर्ने आम सर्वसाधारणको अपेक्षा छ । अधिकार सम्पन्न स्थानीय तहको नेतृत्वमा सक्षम, ईमान्दार, योग्य व्यक्ति पुग्नुपर्छ भन्ने आम सर्वसाधारणको बुझाई छ ।

मतदाताले स्थानीय तहको चुनावलाई संसदीय भन्दा बढी महत्व दिएका छन् । एक नगरपालीका र पाँच गाउँपालीका रहेको म्याग्दीमा उमेद्वारहरुले विकास, सम्बृद्धी र शुसासनको विषयलाई चुनावी मुद्दा बनाएका छन् । सार्वजनीक सेवामा समान र सहज पहुँच स्थापीत गर्ने मुद्दालाई पनी म्याग्दीका उमेद्वारहरुले जोड दिएका छन् । उमेद्वारहरुले बाँडेको आश्वासनले जनतामा आशा जगाउनुका साथै महत्वाकांक्षी पनी बनाएको छ ।

निर्वाचनले गाउँघरमा दसै तिहार जस्ता ठूला चाडबाडको जस्तो चहलपहल र उत्साह ल्याएको छ । मानिसहरु आफ्ना काम थाती राखेर चुनाबी माहोलमा होमिएका छन् । रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा सहरी क्षेत्रमा बसोबास गर्नेहरु आफ्नो नामवली रहेको ठाउँमा फर्कीएका छन् । कर्मचारी र सुरक्षाकर्मी जिल्लाका ७२ वटै मतदान स्थलमा पुगेर मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा संगै मतदानको तयारी गरेका छन् । सुरक्षा अवस्था सुदृढ पारिएको छ ।

७१ हजार ४६३ जना मतदाता, एक नगरपालीका, ५ गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ जनप्रनिधिका लागि ६०६ जना उमेद्वार चुनावी मैदानमा छन् । निर्वाचनको मिति नजिकिएपनि मतदान गर्ने तरीकाको बारेमा केही सर्वसाधारणमा सर्वसाधारणमा देखिएको अन्यौलता हटाउन सबैले ध्यान दिनुपर्ने देखिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. 951271 957174I enjoy your function , regards for all of the informative posts . 331841

  2. spam says:

    859980 314697Sweet internet site, super style and style , genuinely clean and use friendly . 921543

  3. DMPK says:

    71807 36759Very nice post. I just stumbled upon your weblog and wanted to say that Ive truly enjoyed surfing about your weblog posts. Soon after all I will be subscribing to your feed and I hope you write again quite soon! 764176

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट