समाचार

यमपन्चकको अन्तिम दिन आज भाइटिका

काठमाडौ, ४ कात्तिक । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार अर्थात यमपन्चकको अन्तिम दिन आज भाइ पुजा गरी भाई टिकाला लगाईंदैछ ।

भाइटिकाका दिन दिदी बहिनीले दाजुभाइहरुको निधारमा दिर्घायु र प्रगतीको कामना गर्दै सप्तरंगी टिका लगाइदिने गरिन्छ । दिदी बहिनीले आफ्ना दाजुभाइलाई टिका लगाइ दिंदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्ट चिरन्जिबीका साथै यमराज र यमुनाको पुजा गरी तेलको घेरा हालेर ओखर फुटाई मखमली, सयपत्री र दुबोको माला लगाएर चिरायुको कामना गर्ने गर्दछन् ।

टिकाको साइतको प्रतिक सातवटा वा पा“च वटा रंगको प्रयोग गरिनुका साथै सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला, सेल रोटी दिने चलन छ । दाजुभाइले पनि टिका लगाइदिएर दिदीबहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गर्दछन् ।

पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पुजा गरी टिका लगाई दीर्घायुको कामना गरेको सम्झनामा भाइटिका लगाउने परम्परा चल्दै आएको हो ।

भाइटीकाको शुभ साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट