समाचार

यसरी भयाे तारा एयरकाे जहाज दुर्घटना

काठमाडौं, १२ मंसिर ।  हुम्लाको सिमीकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।

मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९ एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटहरू  वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेका प्रहरी रहेका छन् ।

घाइतेहरूको हुम्लाकै सिमीकोटमा उपचार भइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट