समाचार

यसरी भयो मकालु एयरको जहाज दुर्घटना (फोटोफिचर)

प्रेम विक/ हुम्ला । सुर्खेतबाट हुम्लाका लागि उडेका सम्पर्कबिहीन मकालु एयरलाइन्सको कार्गो विमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

Plane Crash 1

दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बामखर्कमा विमान क्षतविक्षेत अवस्थामा भेटिएको हो ।

Plane Crash 3

उद्दारमा गएको माउन्टेन हेलिकोप्टर टोलीले घटनास्थल पत्ता लगाएको हो । नाइन एन ए.जे.यु. कल साइनको उक्त जहाज चालकदलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीले उडाएका थिए ।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुराको बगरमा विमान फोर्सल्याण्डिङ गरेको गलत सूचनाका आधारमा समाचार सम्प्रेषण भएको र उक्त समाचारले पाठकप्रति पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट