समाचार

यस्तो छ जाजरकोटमा चुनावी अभियान

बद्री पन्त । जाजरकोट ६, बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जाजरकोटमा प्रमुख दलहरलाई उम्मेदवार छान्न मुस्कील भएको छ । ३ नगरपालिका र ४ गाउँपालिकामा प्रमुख तथा उप –प्रमुखका आकांक्षी उम्मेदवार धेरै देखिएपछि सर्वसम्मत छनौट नहुने देखिए पछि यहाँका सबै दललाई उम्मेदवार छनौटमा सकस परेको हो ।
जाजरकोटका प्रमुख दल नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगाएत राजनितिक दललाई स्थानीय तहको प्रमुख, उप प्रमुख तथा वडा प्रमुख पदका उम्मेदवार छनोटमा हैरानी भएको हो । दलहरुमा स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बन्न आकांक्षी बढी हुदा छनौटमा समस्या भएको हो । सोमवारसम्म कुनै पनि दलले प्रमुख, उप प्रमुख लगाएत पदका लागि उम्मेदवार तोक्न सकेका छैनन् । उम्मेदवारको टिकट पाउन आकांक्षी सदरमुकाम खलंगा भरीभराउ भएका छन् । गाउँपालिकामा प्रमुख, उपप्रमुख र वडा प्रमुखको उम्मेदवार बन्न आकांक्षा भएकाहरु पार्टी कार्यालय र माथिल्ला तहका नेता समक्ष दौडधुप गरीरहेका छन् ।
काग्रेसलाई त्रिबेणी नलगाड नगरपालिका, कुशे गाउ पालिका, बारेकोट गाउपालिका र शिवालय गाउपालिकाका उम्मेदवार तोक्न समस्या भएको छ । दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको प्रमुख पदमा उम्मेदवार बन्ने आकांक्षा भएका नेता तथा कार्यकर्ता धेरै हुदा छनौटमा गाह्रो भएको काग्रेस जाजरकोटका सचिव खडग बिसीले बताउनु भएको छ । काग्रेसले उम्मेदवार छनौटका लागि वडा समति, गाउ इकाई समिति, क्षेत्रिय समितिको बैठक, भेला, संचालन गरेको छ । गाउ पालिका र नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने प्रतिश्पर्धी बढी छन् ।
एमालेले जुनीचाँदे गाउपालिका, शिबालय गाउँपालिका र छेडागाड नगरपालिका बाहेकका ४ वटा तहमा उम्मेदवार छान्न सकेको छैन । उम्मेदवार बन्ने आकांक्षीहरु धेरै हु“दा छनौटमा गाह्रो भएको पार्टी सचिव सिपी घर्तीले जानकारी दिनु भएको छ । सहज रुपमा उमेरदवार छान्न नसकिए पछि मतदानको प्रक्रियाबाट उमेरदवार छनौंटको काम अघि बढाइएको सचिव घर्तीको भनाई छ ।

एमाओबादी केन्द्रलाई पनि भेरी नगरपालिका खलंगा, कुशे गाउपालिका पैक, बारेकोट गाउपालिका र शिवालय गाउपालिकाका उम्मेरदवार छनोट गर्न सकेको छैन । २०५६ साल यता स्थानीय निकायको निर्वाचन नहुदा पदीय भुमिका विहीन नेता र कार्यकर्ता स्थानीय तहको निर्वाचनका लागि बढ्ता हौसिएको एमाओबादी केन्द्र महाधिभेशन आयोजक कमीटी सदस्य इमाश्वर देवकोटाले बताउनु भएको छ । एमाओबादी केन्द्रले २÷३ दिन भित्रमा ७ वटै तहको उमेरदवारहरुको टुंगो लाउने नेता देवकोटाको भनाइ छ ।

काँग्रेसमा त्रिबेणी नलगाड नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न प्रकाश पन्त, तेजबहादुर खत्री, बीनबहादुर सिंह, छबी पन्त, मोहन विक, टोपबहादुर पन्त, र किशोर मल्ल, कुशे गाउपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न हरी चन्द्र बस्नेत, कल्दर सिंह, चित्रबहादुर शाही, तप्तबहादुर सिंह, मोतीराम गौतम छन् । का“ग्रेसले चुनाव जित्न सक्ने र गाउको विकासका लागि योग्य तथा सक्षम ब्यक्तिलाई उम्मेदवारको रुपमा सिफारिस गर्ने रणनिति बनाएको बताइएको छ ।
त्यस्तै आकांक्षी धेरै बनेपछि एमाले र माओबादी केन्द्रलाई पनि उम्मेदवारको टुङ्गो लगाउन हम्मे हम्मे भएको छ ।

माओबादी केन्द्रबाट भेरी नगरपालिकाका लागि अमरसिंह राठौर, पुर्णदेव शर्मा, ढकबीर राना, कुशे गाउपालिकाका लागि पार्वती थापा, जनक राज शर्मा, सर्मिला सिंह, हरिभक्त नेपाली, बारेकोट गाउपालिकाका लागि नरबहादु गिरी, सुशील रावत र हरीबहादुर थापा विच उम्मेदवार बन्न प्रतिश्पर्धा भएको छ । एउटै पदका लागि ३÷४ आकांक्षी हुदा उम्मेरदवार छनौटमा समस्या भएको देखिएको छ ।

एमालेबाट भेरी नगरपालिका खलंगामा सीपी घर्ती र कमानबहादुर खड्का, कुशेमा प्रेमप्रसाद घर्ती र तप्तबहादुर हमाल, त्रिबेणी नलगाडमा नवराज सिंह, नबीन्द्र नेपाली र धनबहादुर रावल उम्मेदवार बन्न होडबाजी चलेको छ ।

त्यसैगरी राप्रपा, नयाँ शक्ती पार्टी अन्य साना दलहरुले पनि ७ वटै तहका लागि उम्मेदवारको तय गर्न सकेका छैनन् । जाजरकोटमा स्थानीय तह निर्वाचनमा युवा उम्मेदवारको वर्चश्व देखिएको छ । विभिन्न पार्टीबाट आकांक्षी मध्ये ८० प्रतिशत युवा उम्मेदवार रहेका छन् । जाजरकोटमा का“गे्रस, एमाले र एमाओबादी केन्द्र विच कडा प्रतिश्पर्धा हुने देखिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट