समाचार

युद्धग्रस्त सिरियामा अमेरिकाले शुरु गर्यो सैन्य आक्रमण

एजेन्सी । युद्धग्रस्त सिरियामा रासायनिक हतियार भएका स्थानमा अमेरिकासहित फ्रान्स र वेलायतले संयुक्त आक्रमण शुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई बेलायत र फ्रान्सको सहकार्यमा युद्धग्रस्त सिरियामा रासायनिक हतियार भएका स्थानहरुमा आक्रमण गर्न स्विकृति दिएलगत्तै आक्रमण शुरु भएको हो ।

गत साता सिरियाको डोमामा विद्रोही लक्षित कारबाहीका क्रममा सरकारी सेनाले रासायनिक हतियारको प्रयोग गरेपछि प्रतिक्रियास्वरुप अमेरिकासहित पश्चिमा राष्ट्रहरुले आक्रमण सुरु गरेका हुन् ।

कारबाहीबारे जानकारी दिदै राष्ट्रपति ट्रम्पले भने,‘सिरियामा बेलायत र फ्रान्सको सेनासहितको संयुक्त कारबाही सुरु भएको छ ।’

सिरियाको राजधानी दमासकसमा केहि विष्फोटका घटनाहरु भएको बिबिसीले समाचार लेखेको छ । यता बेलायती प्रधानमन्त्री थेरेसा मेले संयुक्त कारबाहीमा आफ्नो सहभागिता पुष्टि गर्दै सुरक्षा कारबाही सुरु गर्नुको अन्य कुनै व्यवहारिक विकल्प नभएको बताइन् ।

सिरियाली सरकारले रासायनिक हतियारहरु भण्डारण गरेर राखेका स्थानहरुमा मात्रै सुरक्षा कारबाही गर्न ट्रम्पले निर्देशन दिएका छन् । गतसाता सिरियाको गुटामा भएको रासायनिक आक्रमणमा परी ७० भन्दा बढीको मृत्यु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. http://www.linkagogo.com/go/To?url=107862070 says:

    Enjoyed every bit of your blog.Thanks Again.

    http://www.linkagogo.com/go/To?url=107862070

  2. tri-cities real estate says:

    Im grateful for the blog article.Really thank you! Want more.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट