समाचार

युवती हत्याको आशंकामा १० पक्राउ

काठमाडाैं, ३ बैशाख । काठमाडौंको टोखा नगरपालिकामा एक युवतीको विभत्स हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गरिएकी युवतीको टाउको गम्भीर चोट लागेको र उनी अर्धनग्न रहेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका रहेको प्रहरीले जानकारी दिएको छ । गएराति टोखा ७  बसुन्धरामा कच्ची सडकको छेउमा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार युवतीलाई धारिलो हतियारले हानेर हत्या गरिएको छ । हत्यामा संलग्न रहेको आशंकामा अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको छ ।
मृत्यु भएकी युवतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार मृत्यु भएकी युवती करिब २६, २७ वर्षकी रहेकी छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट