समाचार

यूएईका जेलमा १८५ नेपाली

वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् ।

यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो । याे खबर आजको कारोबार दैनिकमा छ ।

राजदूतावास यूएईका द्वितीय सचिव कृष्ण अर्यालका अनुसार विभिन्न मुद्दामा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीले यूएईका विभिन्न जेलमा जेल जीवन बिताइरहेका छन् ।

जेल जीवन बिताउनेमध्ये मद्यपानका कारण ९५ जना, अवैधानिक काम र बसाइका कारण १८, भौतिक आक्रम वा सम्पत्ति नष्टको आरोपमा १८ र चोरी मुद्दामा १५ नेपालीले जेल भुक्तान गरिहेका छन् ।

यस्तै, व्यभिचारका कारण १०, हत्याको आरोपमा नौ, लागुऔषधका कारण छ र अन्य कारणहरु किर्ते, चेक बाउन्सलगायतका कारण १४ जना रहेका राजदूतावासले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. emp3z says:

    There is apparently a bundle to realize about this. I consider you made some nice points in features also.

    http://www.emp3z.co.uk

  2. fighting games says:

    Well I truly liked reading it. This post provided by you is very practical for accurate planning.

    http://www.strategyboardgames.co.uk/play-dragonwood-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट