समाचार

रंगहरुको पर्व होली उल्लासका साथ मनाइयो

काठमाडौ, २९ फागुन । आज फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली । देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइएको छ ।

आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने भोलि तराईमा मनाइन्छ ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।
तर, प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसग जोडिएको छ ।

हिन्दूहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा साथीभाइ, आफन्तहरुले एक आपसमा रङ्गहरू लगाएर मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट