समाचार

रसायनिक हमलामा ७० जना सर्वसाधारणको ज्यान गयो

सिरिया । सिरियाको पुर्वी घोउटा क्षेत्रमा सेनाले रसायनिक हमला गर्दा कम्तीमा ७० जना सर्वसाधारणको ज्यान गएको छ ।

पुर्वी घोउटामा बिद्रोही लक्षित पछिल्लो कारवाहीमा सेनाले रसायनिक ग्यास प्रयोग गर्दा कम्तीमा ७० जना सर्वसाधारणले ज्यान गुमाएका हुन् । रसायनिक ग्यासको हमलामा परि सर्वसाधारणले ज्यान गुमाएको त्यस क्षेत्रमा सक्रिय उद्धारकर्मी तथा स्वास्थ्यकर्मीले बताएका छन् । रसायनिक हमलामा परेका अन्य धेरै सर्वसाधारण घाइते अवस्थामा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत फेब्रुअरि १८ यता लडाकु लक्षित सेनाको कारवाहीमा यसअघि पनि रसायनिक ग्यास प्रयोग भएको भन्ने आरोपको सिरियाली सरकारले खण्डन गरेको थियो । सैन्य कारवाहीमा प्रत्यक्ष सहयोग गर्दै आएको रुसी सरकार पनि रसायनिक हमलामा उत्तिकै जिम्मेवार रहेको भन्दै अमेरिकी विदेशमन्त्रालयले आलोचना गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट