समाचार

रसुवामा पहिरो, ४ जना वेपत्ता, ४ जना घाइते

रसुवा, २३ साउन । रसुवाको उत्तरगया गाउँपालिका– ४ पैरेवेशीमा अविरल वर्षासँगै आएको पहिरोमा परी एकै घरका चारजना वेपत्ता भएका छन् । पहिरोमा परी चार जना घाइते भएका छन् ।

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनका बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा समस्या आएको छ । पहिरोमा परी घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट