समाचार

राप्रपाले दर्ता गरायो संविधान संसोधन विधेयक

काठमाडौ, ६ चैत । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

आइतबार संसद सचिवालयमा दर्ता गरिएको संसोधन प्रस्तावमा राप्रपाका ६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राप्रपाका कुन्ती साही, जयन्त चन्द, सुशीलकुमार श्रेष्ठसहितका ६ सांसदले विधेयक दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेपछि राप्रपाले संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट