समाचार

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी

काठमाडौ, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुभएको छ ।

कात्तिक ६ गते मन्त्रीपरिषदले पास गरेको अध्यादेश जारी गर्न ढिलाइ भएपछि मेडिकल शिक्षा सुधारका लागि निरुनतर आन्दोलन गर्दै आएका डा‍ गोविन्द केसीले दवाव सृजना गरेपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो ।

सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने व्यवस्थासहितको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुने कानूनी प्रावधान छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट