समाचार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौ, ४ असार । राष्ट्रपति विद्या भण्डारी जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिई स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपति भण्डारी १ सय ६औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिई स्वदेश फर्कनु भएको हो ।

आईतबार अपरान्ह स्वदेश फर्कनु भएका उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्रीहरुसहित सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेद अन्त्य गर्न सबै राष्ट्रहरुले मिलेर अर्थपूर्ण प्रयास गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

अन्तराष्ट्रिय श्रम सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न राष्ट्रपति भण्डारी गत मंगलबार जेनेभा प्रस्थान गर्नु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट