समाचार

राष्ट्रवादी को भन्दै संसदमा यस्तो दोहोरी

काठमाडौ, ७ चैत । व्यवस्थापिका संसदमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच को राष्ट्रवादी भन्नेमा आरोप प्रत्यारोप चलेको छ ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका सांसद बीच राष्ट्रवादको विषयमा आरोप प्रत्यारोप चलेको हो । बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिपक्षी दल नेकपा एमाले मेची महाकाली अभियानको नाममा राष्टवादको हवाला दिदै अराजकता फैलाउने काम गर्दे हिडेको आरोप लगाउनुभयो । उहाले  प्रतिपक्षदलले अरुको अस्तित्व नै नस्विकार्दै देशमा अफवाह फैलाउदै हिडेको दाबी गर्नुभयो ।
खतिवडाको अभिव्यक्ति प्रति प्रतिवाद गर्दे नेकपा एमालेका सासंद  भीम रावलले रााष्ट्रिय अखण्डता र लोकतन्त्रका लागि एमालेले चलाएको अभियानलाई अराजक देख्ने राजनीतिक दललाई लोकतन्त्रको दुहाइमा गोहिको आसु को संज्ञा दिनुभयो ।  उहाले लोकतन्त्र मान्छु र जनता मेरो पक्षमा छु भन्छ भने दललाई निर्वाचनमा गई जनताबाट परिक्षण गरी आउन चुनौति समेत दिनुभयो । कन्चनपुरमा सिमा मिचिएको अवस्थामा पनि सरकार मुकदर्शक बनेको उल्लेख गर्दे उहाले दुई देशको सम्बन्धबारे प्रबुद्ध समूहको बैठक पटक पटक स्थगित गरेर सरकारले लम्पसारवादलाई अंगालेको दाबी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले सरकार र कुनै मधेसी दल लम्पसारवादी नभएको भन्दै क्षेत्रियताका नाममा अघि सारिएको राष्ट्रवाद अतिवाद तर्फ उन्मुख हुने बताउनुभयो । इतिहासमा कुनै थारु वा मधेसीले देशको अहितमा कुनै सन्धि र सझौता नगरेको दाबी गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट