समाचार

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान

काठमाडाैं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार रहेका छन् ।
चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् । दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।
यसैबीच, उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो ।
चुनावी प्रक्रिया पूरा गरी उहाँलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको भन्दै दास्रो कार्यकालमा पनि विवादमा आउने काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरुले प्रस्ताव र समर्थन गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. wooden board games says:

    Thank you for some other informative web site. Where else may just I am getting that type of info written in such an ideal method? I’ve a challenge that I am just now running on, and I’ve been at the look out for such information.

    http://www.strategyboardgames.co.uk/play-colony-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट