समाचार

राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरुलाई सक्रियताका साथ लाग्न निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा केन्द्रित हुनु परेकाले केही समययता विकास, निर्माणको कामले अपेक्षा गरे अनुसार उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पार्नु भयो । उहाँले चालू आर्थिक वर्षको बाँकी अवधि, लक्षित उपलब्धि हासिल गर्न केन्द्रित हुने आश्वासन पनि दिनु भयो । आज प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४१औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं– निजगढ दू्रतमार्ग निर्माण, भैरहवा, पोखरा र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई गति दिन पनि सम्बन्धित मन्त्रालयलाई पुनः निर्देशन दिनु भयो । समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री देउवाले तीन वटै तहको निर्वाचन सम्पन्न भएकाले अब विकास, निर्माणको कामले गति लिने विश्वास पनि व्यक्त गर्नु भयो ।

चालू आर्थिक वर्षको प्रथम चौमासिकमा आर्थिक वृद्धिदरको तुलनामा खर्च बढेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेले प्रथम चौमासिक खर्च करिव १ सय ८४ अर्ब ५ करोड पुगेको जानकारी दिनु भयो । निर्वाचनका कारण प्रथम चौमासिक खर्च बढ्न गएको समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. best family board games ever says:

    thank you for this howling post, I am glad I detected this web site on yahoo.

    http://www.strategyboardgames.co.uk/play-artifacts-video-guide/

  2. http://fiverr.com/eebest8 says:

    “I think this is a real great article post.Really looking forward to read more. Will read on…”

    http://fiverr.com/eebest8

  3. emp3z says:

    I just couldn’t depart your site prior to suggesting that I actually loved the standard information a person supply to your guests? Is gonna be again steadily in order to inspect new posts.

    http://www.emp3z.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट