समाचार

राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० युवा सम्मानित

काठमाडौ, २८ साउँन । राष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरुको काधमा देश विकासका लागि ठूलो भुमिका रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । कार्यक्रममा यस वर्षको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सगरमाथा टेलिभिजनका पत्रकार रोहित भण्डारी नगद एक लाख रुपैंयाँ राशी सहितको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित हुुनु भएको छ ।

शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँसहित १० जना युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गर्नुभएको हो । पत्रकार भण्डारीले लेख्नुभएका दुई प्रेरणादायी पुस्तक नेपालमै सकिन्छ तथा सम्भव छ का लागि उहाँलार्ई सम्मान गरिएको हो ।

सम्मानित हुने अन्य युवाहरुमा रामु खत्री, विशाल राई, सिता राना थारु, वसन्त कुमार शाही, सिकन्दरकुमार ठाकुर, फुर्वा तेञ्जिङ शेर्पा, सविता उप्रेति, समराज गुरुङ र हेमन्त आचार्य रहनुभएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट