समाचार

रिक्त मुख्यसचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौ, २९ असार । सरकारले सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

विहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रिक्त मुख्य सचिव पदमा सहकारी तथा गरिबी निवारण सचिव रहेका राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि क्षेत्री उर्जामन्त्रालयको सचिव पनि बन्नुभएको थियो ।

मुख्य सचिव रहेका सोमलाल सुवेदी नेपालको तर्फबाट एडिबीको उपकार्यकारी निर्देशक बनेर फिलिपिन्स गएपछि रिक्त रहेको मुख्य सचिव पदमा सरकारले सचिव क्षेत्रीलाई ल्याएको हो । त्यसैगरी बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डबाट प्राप्त २ अरब ३६ करोड र जापान सरकारबाट प्राप्त २७ करोड ४७ लाख रुपैया अनुदान सहयोगलाई स्वीकृत गरेको छ ।

सरकारले सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी बार्षिक बैठक नेपालमा गर्ने निर्णय पनि गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट