समाचार

रुसमाथि थप प्रतिबन्ध लगाउने गरी बनेको विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने

एजेन्सी, ९ साउन । रुसमाथि नया प्रतिबन्ध लगाउन अमेरिकी संसद तथा सेनेट समितिले गरेको पारित गर्ने नया बिद्येयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्ने भएका छन ।

अमेरिकी राष्ट्रपतिय चुनाबमा रुसी हस्तक्षेप रहेको बिबाद बढीरहदा अमेरिकी संसद र सेनेट समितले रुसमाथि नया प्रतिबन्ध लगाउने विधेयकमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने ह्वाइवाइट हाउसले जनाएको हो ।

सत्तारुढ रिपब्लिकन तथा बिपक्षी डेमोक्र्याट संसद्हरुले रुसलाई अमेरिकी मामीलाबाट टाढै रहनसन्देश दिन रुसबिरुद्धको नया नाकाबन्दी लगाउने सहमति गरेका हुन। रुससंग सम्बन्ध सुधारको बिकल्प नरहेको बताउदै आएका राष्ट्रपति ट्रम्पको प्रयत्न रोक्न संसद्का अधिकांस सदस्यहरु समहत भएपछि ट्रम्प दबाबमा परेका हुन ।

संसद्ले पारित गरेको बिद्येयक रोक्नसक्ने अधिकार अमेरिकामा राष्ट्रपतिलाई रहेपनि रुससंग गोप्य साठगाठ गरी राष्ट्रपतिय चुनाव जित्न प्रत्यत्न गरेको आरोपमा बिभिन्न समितिहरुले छानबीन चलिरहेकाले ट्रम्प पछि हटेको अनुमान गरिएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट