समाचार

रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन

एजेन्सी, बैशाख २३ । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् ।

राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिने दिन नजिकिएसँगै विपक्षीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीको नेतृत्व नावाल्नीले गरेका थिए । मस्कोमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा नावाल्नीसहित एक हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नावाल्नी रुसमा मौलाएको भ्रष्टाचार विरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका नेता हुन् । उनले सन् २०११ देखि बेलाबेलामा पुटिन बिरुद्ध प्रदर्शनको नेतृत्व गर्दै आएको थिए ।

नावाल्नीले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनलाई चुनाव लड्न रोक लगाइएको थियो मस्कोसहित रुसको अर्को शहर सेन्ट पिटरबर्गमा पनि र्‍याली निकाल्ने तयारी भइरहेका बेला सरकारले प्रदर्शनमा रोक लगाएको छ । यसैबीच मस्कोमा पुटिनका हजारौं समर्थकले पनि र्‍याली निकालेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट