समाचार

रुसले सिरियामा आक्रमण गर्यो, १२ कमाण्डर मारिए

एजेन्सी, १८ असोज । रुसले सिरियामा गरेको हवाई आक्रमणमा लडाकु समुह हयात तहरिर अल शामका १२ कमाण्डर मारिएका छन् ।

सिरियाको इडलिब प्रान्तमा गरिएको हवाई कारवाहीमा अर्का वरिष्ठ कमाण्डर सख्त घाइते भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

गोप्य सूचनाका आधारमा गरिएको कारवाहीमा तहरिर अल शामका कमाण्डर अबु मोहम्मद अल जवलानी सख्त घाईते भएको जनाइएको छ । जवलानी यसअघि अल कायदासंग आबद्ध रहेको अल नुसरा फ्रन्ट समुहका प्रमुख थिए ।

आक्रमणमा जवलानी सहित अरु दर्जन भन्दा बढी लडाकु घाइते भएको रुसी रक्षा मन्त्रालयको दाबी छ । हामा प्रँन्तमा रहेका रुसी सैनिकमाथी गत महिना लडाकु समुहले आक्रमण गरेको बदलामा आक्रमण गरिएको रुसी रक्षा मन्त्रालयको विज्ञप्तीमा जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट