समाचार

रुसी राष्ट्रपतिको दाबी- अमेरिकी नाकाबन्दीको बदलास्वरुप अमेरिकी कर्मचारीको संख्या कटौती

एजेन्सी, १६ साउन । रुसी राष्ट्रपति भ्यादीमिर पुटीनले अमेरिकी नाकाबन्दीको बदलास्वरुप मस्कोस्थित अमेरिकी दूताबासको कुटनीतिक कर्मचारीको संख्या कटौती गर्नुपरेको बताएका छन् ।

राष्ट्रपति पुटीनले अमेरिकाले रुसमाथि नया प्रतिबन्ध लगाउने निर्णयको जबाफ दिन अगामी सेप्टेम्बर १ देखी मस्कोस्थित अमेरिकी दूताबासका १२ सय अमेरिकी कुटनीतिक कर्मचारीमध्ये ७ सय ५५ जना कटौति गर्ने निर्णय गरिएको बताए ।

पुटीनले नया प्रशासनको आगमनसंगै अमेरिकाले सही कदम चाल्ने अपेक्षामा लामो समयसम्म रुसले धैर्यता गरेपनि परिवर्तनको संकेत नदेखीएपछि त्यस्को उत्तर दिन पछिल्लो कदम चाल्नुपरेको बताएका छन् ।

पुटीनले अमेरिकाले गैर कानुनी नाकाबन्दी लगाउने तथा अन्य देशको मामीलामा हस्तक्षेप गरिरहेको आरोप लगाए।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट