समाचार

लण्डनको २४ तले भवनमा भीषण आगलागी (भिडियो सहित)

बेलायत, ३१ जेठ । लण्डनको एक २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगलागी भएको हो । उक्त भवनमा आगलागी भएका दृश्यहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

आगलागीले भीषण रूप लिएपछि उक्त भवन ढल्ने खतरा पनि बढेको बताइएको छ । लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।

आगो निभाउने प्रयास जारी राखिएको बताइए पनि मानवीय क्षतिको विवरण भने आएको छैन । आगो के कसरी लागेको हो भन्ने विषयमा अनुसन्धान जारी राखिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट