समाचार

लमजुङमा सुतली बम डिस्पोज

आस गुरुङ÷ लमजुङ, २ मँसिर । लमजुङको बेसीशहर नपा–८, अस्पताल गेट नजिकै आज बिहान फेला परेको सुतली बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

लमजुङ जिल्ला सामूदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिष्पोजल टोलिले निष्क्रिय पारेको हो । नेपाली सेनाका अनुसार सिलौटको कित्ली भित्र सुतरी बम भेटिएको थियो । सेनाले दुईपटकसम्म प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमूख सेनानी माधव थापाले जानकारी दिनुभयो ।

आज सदरमुकाम बेसीशहरमा नेपाली काँग्रेसको विशाल आमसभा हुँदैछ । आमसभामा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशाँक कोईरालाले सम्बोधन गर्ने नेपाली काँग्रेस लमजुङले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट