समाचार

लिम्बूवान बन्दले पूर्वको जनजिवन कष्टकर

खविन लुइटेल । पाँचथर, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदले आह्वान गरेको बन्दले पाँचथर सहित पूर्वको जनजिवन कष्टकर बनेको छ ।

ताप्लेजुङ, इलाम, पाँचथर लगायतका जिल्लामा विहानैबाट लामो तथा छोटो दुरीका सवारी चल्न सकेका छैन्न भने बजार पसल समेत छितफुट रुपमा मात्रै खुलेका छन् । १८३१ श्रावण २२ गते असमान सन्धि भएको र सोहिदिन बाट लिम्बूवानको सार्बभौमसत्ता समाप्त भएको भन्दै २०६६ साल बाट हरेक श्रावण २२ गते उक्त दलले यस क्षेत्रमा बन्दको आयोजना गर्दै आएको छ ।

विहानै ५ बजेबाट सुरु भएको बन्द साँझ ५ बजे बाट खुल्ने लिम्बूवान राज्य परिषदका अध्यक्ष ए वी पन्धाकले बताए । लिम्बूवानले अरुण र सप्तकोशी वारीका नौ जिल्ला लिम्बूवान हुनुपर्ने दावी गर्दै आइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट