समाचार

लोकतन्त्रका नाममा अलोकतान्त्रिक गतिबिधि नगर्न ओलीको चेतावनी

काठमाडौ, २८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस राष्ट्रहितको पक्षमा नरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले कम्युनिष्टहरुले अधिनायकवादी शासन चलाउँछन भनेर काँग्रेसले जनतामा भ्रम छरिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । मंगलबार बामपन्थी गठबन्धनका तर्फबाट काठमाडौंका प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको परिचय कार्यक्रममा बोल्दै उहाँले काँग्रेसलाई लोकतन्त्रको नाममा अलोकतान्त्रिक गतिविधि नगर्न पनि चेतावनी दिनु भयो ।

अध्यक्ष ओलीले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारले घोषणा पत्रमा समेत कूटनीतिक मर्यादामा जोड दिएर भारत सामू निरिहता प्रकट गरिरहेको दावी गर्नु भयो । उहाँले काँग्रेसको घोषणा पत्रमा राष्ट्रिय हितका कुनै एजेन्डा उल्लेख नभएको आरोप पनि लगाउनु भयो ।

अध्यक्ष ओलीले बाम गठबन्धन निर्माणपछि देशभर उत्साह छाएको दावी समेत गर्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन निर्माण गरेकाले जनता खुसी भएको तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले बाम गठबन्धन मुलुकको हितमा रहेकाले त्यसमा आशंका नगर्न पार्टीका नेता कार्यकर्तालाई पनि सचेत गराउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट