समाचार

चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’मा समझदारी गर्ने सरकारको निर्णय

काठमाडौ, २५ बैशाख । सरकारले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ को अवधारणामा समझदारी गर्ने निर्णय गरेको छ ।
सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकले चिनियाँ सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड’को अवधारणामा समझदारी गर्ने निर्णय गरेको हो ।

चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड’को अवधारणाबाट नेपालले कसरी लाभ लिने भन्ने विषयमा सरकारले गम्भिर भएर रणनीति तय गरिरहेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनु भयो ।

सरकारले सप्तरी घटनामा परी मृत्यु भएका संजन महतो, आनन्द साह, पिताम्बर लाल मण्डल, बीरेन्द्र महतो र इनर यादवलाई सहिद घोषणा पनि गरेको छ ।
त्यसैगरी भारतीय सिमा सुरक्षा बलको गोली प्रहारबाट मारिएका मोरङका बासुदेव साह तथा ताप्लेजुङमा मारिएका बन रक्षक गणेशबहादुर शाहीलाई पनि सहिद घोषणा गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनु भयो ।

काठमाडौंको चारै भञ्ज्याङमा नयाँ सहर बनाउने निर्णय पनि गरिएको छ । सरकारले दक्षिण अमेरिकी मुलुक एलसाल्भाडोरमा कूटनीतिक सम्बन्ध विस्तार गर्ने निर्णय पनि गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट