समाचार

वाम तालमेलबारे बोल्यो भारत: आन्तरिक मामिला भन्दै यस्तो आयो प्रतिक्रिया

काठमाडाैं, २७ असाेज । भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएको सम्बन्धमा भारतीय पत्रकारले राखेको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भने, ‘नेपालबारे मैले टिप्पणी गर्नु अनुचित हुन्छ।’

उनले लोकतान्त्रिक र समावेशी राजनीतिको ढाँचाभित्र रही नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको सदैव चाहना रहेको बताए ।

भारतले नेपालको शान्ति, स्थिरता र तीव्र आर्थिक विकासमा नेपाली जनता र सरकारको प्राथमिकताअनुसार हरतरहले निरन्तर सहयोग गर्ने उनको भनाइ थियो। नेपालमा वामपन्थी दलबीच चुनावी तालमेल र पार्टी एकताको घोषणाले भारतीय संस्थापन पक्ष आश्चर्यमा परेको जनाइएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट