समाचार

वालसन्त श्रीनिवासमाथि गाेली प्रहार, गाेली हान्नेकाे खाेजी तिव्र

विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको छ ।  नेपाललाई हिन्दू राष्ट्रका पक्षमा अावाज उठाउँदै अाएका सन्त आचार्यमाथि शनिबार राति गोली प्रहार भएको हो ।

विराटनगर जतुवास्थित श्री राम जानकी मन्दिरमा आइतबारबाट आयोजना हुने श्री मदभागवत पुराणमा सहभागि हुन शनिबार विराटनगर पुगेका आचार्यमाथि गोली प्रहार भएको हो । उनको दाहिने कुममा गोली लागेको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका श्रीनिवास आचार्यको स्थानिय न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा गोलीका दुइवटा खोका भेटिएको मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

उनले गोली प्रहार गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको बताए । गोली प्रहार भएको घटनास्थलमा चेतावनीयुक्त पर्चा समेत भेटिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. free music says:

    Hello my loved one! I want to say that this post is awesome, great written and come with approximately all important infos. I’d like to see extra posts like this.

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट