समाचार

वालुवाटारमै लगाए प्रधानमन्त्री देउवाले टीका

काठमाडौ, ४ कार्तिक । प्रधानमन्त्री शेर बहादुर देउवाले शुभ साईतमा भाईटीका लगाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाईतमा ६६ बर्षिया बहिनी दुर्गा चन्दको हातबाट भाईटीका ग्रहण गर्नुभएको हो ।

टीका लगाएपछि वहिनी दुर्गाले प्रधानमन्त्री देउवालाई सगुन स्वरुप दही खुवाउनुको साथै फलफुल, विभिन्न प्रकृतिका मिठाई, ओखर, कटुस, काजु, बदाम, लगायत भाई मसला दिनुभएको थियो ।

भाईटीकामा दिदी बहिनीले दाजुभाईलाई टीका लगाएपछि सगुन स्वरुप, सेल रोटी, ओखर, कटुस, काजु, बदाम, नरिवल लगायत मसला दिने चलन छ । प्रधानमन्त्री देउवाले पनि बहिनीलाई दक्षिणा दिनुभयो ।

भाईटीकाका लागि दाजु भाई दिदी बहिनीकोमा जाने चलन भएपनि प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा नै भाईटीका लगाउनुभएको हो । भाईटीका ग्रहण पछि संचारकर्मीसंग प्रधानमन्त्री देउवाले मुलुकमा संघीय लोकतन्त्र स्थायी रुपमा स्थापित होस् भन्ने कामना व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देश विदेशमा रहेका सम्पुर्ण नेपाली दाजु भाई दिदी वहिनीलाई शुभकामना दिनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट