समाचार

विउ जोगाउने कांग्रेसी नेताहरु को को ?

काठमाडौं, २७ मंसिर । संविधान सभामार्फत जारि भएको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण मानिएको प्रदेश र प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसले अनपेक्षित परिणाम ल्यायो । धेरै पटक राष्ट्रिय राजनीतिको मूलधारमा नेतृत्वदायी शक्ति बनेको कांग्रेसले चुनाव हार्दा यसअघी पार्टीको आधार इलाका भनिएको स्थान सहित थुप्रै जिल्लामा कांग्रेस पुरै बढारिएको छ ।
नेपाली कांग्रेसले आफ्नै अगुवाईमा सुरुभएको शान्ति र संविधानको यात्रा पुरा गरेपछि आफैं सरकारमा बसेर गराएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा आफ्नै आधार इलाका गुमाएको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा सहित विश्वेश्वर प्रसाद कोइरालाको बिचारक बनेर चुनाव लडेका कांग्रेसका धेरै उम्मेदवार पराजीत् हुंदा केहि जिल्लामा भने प्रदेश अथवा प्रतिनिधि सभा सदश्यको सिट मात्रै जितेर पनि केहि उम्मेदवारले पार्टीको इज्जत जोगाएका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा सदश्य तर्फ प्रदेश न. १ मा ७, प्रदेश न.ं २ मा ८, प्रदेश न.ं३ मा ७, प्रदेश न.ं ४ मा ५, प्रदेश न.ं ५ मा ६, प्रदेश न.ं ६ मा १ र प्रदेश न.ं ७ मा ४ सीट जितेको कांग्रेसका लागि यी क्षेत्रमा पार्टीको अस्तित्व जोगाएर अघि बढुन् अबको चुनौती बन्ने छ । प्रतिनिधि सभा सदश्यतर्फ प्रदेश न.ं ४ का ११ वटा जिल्लामा प्रतिनिधि सभासदश्यतर्फ १८ जना प्रत्यासी रहेकोमा कांग्रेसका डा. सशांक कोइराला मात्रै विजयी भए । घोषणा भइसकेको नतिजा अनुसार प्रदेश सभातर्फ पनि ३६ सदश्यका लागि जम्मा ५ जना निर्वाचीत् भएका छन् ।
पार्टीका सभापति समेत रहेका शेरवहादुर देउवाको प्रभाव क्षेत्र भनिने ७ नंवर प्रदेशका नौ जिल्लामा १६ जना प्रत्यासी रहेकोमा प्रधानमन्त्री देउवा बाहेक कसैले पनि चुनाव जित्न सकेनन् । ३२ जना प्रदेश सभा सदश्यमा पनि सात नंवर प्रदेशमा कांग्रेसका चार जना मात्र विजयी भएका छन् । यी अधिकांश जिल्लामा कांग्रेस बढारिएको छ । त्यसैगरी प्रदेश न.ं ६ का १० जिल्लामा हुम्लाका जीवन बहादुर शाही बाहेक ११ जना प्रतिनिधि सभा सदश्यका प्रत्यासीले चुनाव हारे । प्रदेश सभाका २४ सदश्यमा सबै कांग्रेसले गुमाएको छ । प्रदेश न.ं ३ का १३ जिल्लाका ३३ निर्वाचन क्षेत्र मध्ये कांग्रेसका ५ जना प्रत्यासी विजयी भए ।
प्रदेश सभातर्फ ६६ सदश्यका लागि भएको मतदानमा ७ जनाले मात्र चुनाव जितेका छन् । प्रदेश न.ं २ का ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसका जम्मा दुई जना प्रत्यासीले मात्र चुनाव जिते । प्रदेश सभातर्फ ८ जना सदश्य विजयी भएका छन् । प्रदेश नंवर १ को सुनसरि ३ नंवर क्षेत्र बाहेक प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्र बाट जम्मा ७ जना निर्वाचीत् हुंदा बांकी सबैले चुनाव हारेका छन् । यो चुनावमा पूर्वको मोरङ र सुनसरि लगाएत पार्टीको उद्गम भूमीमा समेत कांग्रेस अत्यन्तै कमजोर देखिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट