समाचार

विकिलिक्सले गर्यो यस्तो खुलासा

एजेन्सी, २५ फागुन । गोप्य सूचना चुहावट गर्दै आएको विकिलिक्स वेबसाइटले अमेरिकी गुप्तचर निकाय सीआइएले गोप्य जानकारी संकलन गर्न प्रयोग गर्दै आएका उपकरणका बारे नयाँ दस्तावेज सार्वजनिक गरेको छ ।
सीआइएले केहि वर्ष यता मानिसहरुका विद्युतीय उपकरण ह्याक गरी गोप्य जानकारी संकलन गर्दै आएको विकिलिक्स वेबसाइटले खुलासा गरेको हो ।
विकिलिक्सले खुलासा गरेको दस्तावेजमा सीआइएका ह्याकरले आइफोन, एन्ड्रोइड फोन तथा विभिन्न किसिमका विद्युतीय उपकरणमा अवैधानिक पहुँच पुर्याएर टेक्स्ट तथा आवाज सन्देशहरु प्राप्त गरेको उल्लेख छ ।
सीआइए तथा ह्वाइट हाउसले विकिलिक्सको खुलासाबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
एन्ड्रोइड निर्माता कम्पनी गुगलले विकिलिक्सको खुलासाबारे अनुसन्धान गर्ने जनाएको छ भने आइफोन निर्माता कम्पनी एप्पलले विकिलिक्सको खुलासाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट