समाचार

‘विप्लव’को बन्द, कहाँ के भयो ?

काठमाडाै । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेका बन्दका कारण काठमाडौं उपत्यकामा खासै असर नपरे पनि उपत्यका बाहिर भने जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण यातायात ठप्प हुँदा आफ्नो गन्तव्यमा जाने यात्रु समस्यामा परेका छन् । सरकारले राष्ट्रघात र जनताको स्वाभिमानमाथि कुठराघात गरेको भन्दै नेकपाले बन्द आह्वान गरेको हो ।

यसैबीच, झापाको मेचीनगर गाउँपालिकास्थित सुर्योदय यातायात प्रालिको ग्यारेजमा आज बिहान ३ बजे सकेट बम विष्फोट भएको छ । बम विस्फोटबाट पार्किङमा राखिएका मे १ ख २७३३ र मे १ ख २७२६ नंम्बरको बसमा क्षति पुगेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सकेट बम विष्पोट गराएको हुनसक्ने झापा जिल्लाका प्रहरी उपरिक्षक विष्णु केसिले बताउनुभयो ।

त्यस्तै, धनकुटामा गस्तीमा रहेको प्रहरीको गाडीमाथी ढुंगा प्रहार भएको छ । बन्दका क्रममा सुरक्षा तैनाथीका लागि गस्तीमा रहेको प्रहरीको गाडीमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले गुठिटारका ६० बर्षीय ध्यानबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच, वीरगंजको बसपार्कमा राकिराखेको वीरगंज–ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको बसमा आगजनी गरिएको छ । आगजनीबाट वस पुर्ण रुपमा क्षति भएको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तै, धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा ट्रकमा आज बिहान आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको हो ।

यसैबीच, चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि गराइएको बम विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् । त्यस्तै आइतबार बिहान चितवनको लोथरमा पनि वम विस्फोट भएको जनाइएको छ ।

यस्तै, मकवानपुरको हेटौंडा–४ कर्रामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । पूर्वपश्चिम राजमार्गमा गुड्ने सवारीलाई त्रसित गर्ने उद्देश्यले राखेको शंकास्पद बस्तुसहितको प्रेसर कुकर नेपाली सेनाले डिस्पोज गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट