समाचार

विप्लव माओवादी १२ जना नेता तथा कार्यकर्ता प्रहरीे नियन्त्रणमा

दिलबहादुर÷सुर्खेत,१८ मँसिर । निर्वाचनको मिति नजिकिंदै जाँदा विप्लव माओवादीका १२ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेद्वारको चुनाव प्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका १२ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

निर्वाचनमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानबाट विप्लव माओवादीका १२ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेका विप्लव माओवादी नेता तथा कार्यकर्ता मध्ये ९ नौ जनालाई हिरासतमा राखिएको छ भने ३ जनालाई तारिखमा छोडी थप व्यक्ति माथि सोधखोज र अनुसन्धान कार्य भइरहेको छ ।

उहाँले चुनाव विरोधी गतिविधिको संकेत पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा खबर गर्न जनसाधारणसँग अनुरोध समेत गर्नु भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट