समाचार

विमानस्थलभित्र ठूलो दुर्घटना टर्‍यो, अझै विमानस्थल बन्द

काठमाडौं, ७ बैशाख । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर जोतिए विमानस्थल बन्द भएको हो । विनमास्थल विहान सम्म खुल्न सकेको छैन । विमानस्थल बन्द हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान समेत प्रभावित बनेका छन् ।

राति पौने १० बजे टु जिरो अर्थात उत्तरी क्षेत्रबाट दक्षिणी क्षेत्र अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो । मोडिएर पुनः उत्तरी क्षेत्रतर्फ आउने बेला जहाज धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको हो ।

उक्त जहाजमा १३९ यात्रुहरु थिए । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए । अवतरणको तयारीमा रहेका जहाजहरुलाई अन्यत्रै डाइभर्ट गरिएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ठूलो दुर्घटना टरेको बताए । यसअघि बंगला एयरको जहाज अवतरणको क्रममा रनवेभन्दा बाहिर पुगेर दुर्घटना हुँदा ५० बढी यात्रुको मृत्यु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. emp3z says:

    Magnificent beat ! I would like to apprentice even as you amend your site, how could i subscribe for a blog web site? The account aided me a applicable deal. I had been tiny bit acquainted of this your broadcast offered vibrant clear idea.

    http://www.emp3z.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट