समाचार

बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने भन्दै विश्व बाघ दिवस मनाइयो

काठमाडौ, १४ साउन । ‘स्वास्थ्य पर्यावरणको लागि बाघको संरक्षण’ भन्ने नाराका साथ सनिबार नेपालमा पनि विश्व बाघ दिवस मनाईएको छ ।

दिवसको अवसरमा बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य साथ राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतले राजधानीमा अन्तरक्रिया कार्यक्रम गरे ।

कोषको केन्द्रीय कार्यालय खुमलटारमा भएको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् ।

संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट