समाचार

वैज्ञानिक भन्छन्– पृथ्वीको कक्ष फोहोरको भाँडोका रुपमा विकास भइरहेको छ

हिमाल कोइराला

हालै मात्र एउटा चिनियाँ अन्तरिक्ष केन्द्र अनियन्त्रित भई पृथ्वीको कक्षमा खसेपछि पृथ्वीको कक्षमा रहेका मावनिर्मित वस्तुहरु कति खतरनाक छन् भन्ने प्रश्न उब्जिएको छ । एक तथ्याङ्क अनुसार पृथ्वीको कक्षमा दशौँ हजार मानवनिर्मित वस्तुहरु छन् । तीमध्ये अधिकांश कामै नलाग्ने अवस्थामा छन् । यसले पृथ्वीको कक्ष फोहोरको भाँडोको रुपमा विकास भइरहेको वैज्ञानिकहरुको तर्क छ ।

तियाङगोङ–वान नामक चिनियाँ अन्तरिक्ष केन्द्र अनियन्त्रित भइ अन्तरिक्षबाट पृथ्वीमा खसेको छ । तियाङगोङ–वान दक्षिणी प्रशान्त महासागरमा रहेको फ्रान्स प्रशासित टापु टहिटीको तटपारी खसेको वैज्ञानिकहरुले जनाएका छन् । अन्तरिक्षबाट पृथ्वीको सतहतर्फ आउनेक्रममा वायुमण्डलीय घर्षणबाट पैदा हुने तापका कारण अन्तरिक्ष केन्द्रको ९० प्रतिशत भाग वायुमण्डलमै नष्ट भइसकेको र बाँकी १० प्रतिशत भग्नावशेष मात्रै पृथ्वीमा आएको वैज्ञानिकहरुको भनाइ छ ।

जलक्षेत्रमा खसेका कारण यसबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ । यद्यपि पृथ्वीमा आइपुगेको अन्तरिक्ष केन्द्रको भग्नावशेषको तौल करिब ८ सय किलोग्रँमसम्म रहेका कारण आवशीय क्षेत्रमा खसेको भए यसले ठूलै मानवीय क्षति निम्त्याउने थियो । यो घटनाबाट पृथ्वीको कक्षमा स्थापना गरिएका भू–उपग्रहबाट पृथ्वी कति सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ ।

‘बाहिरी अन्तरिक्ष मामलासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय’ का अनुसार सन् २०१७ को अन्त्यसम्म पृथ्वीको कक्षमा जम्मा ४ हजार ६ सय ३५ भू–उपग्रह छन् । तर, युनियन अफ कन्सन्र्ड साइन्टिस्टको अर्को तथ्याङ्क फरक छ । जसअनुसार तीमध्ये ३७ दशमलब ५ अर्थात् १ हजार ७ सय ३८ वटा भू–उपग्रह मात्रै सैनिक, सञ्चार, पृथ्वीको अवलोकन, मौसमलगायतका प्रयोजनका लागि सञ्चालनमा छन् ।

बाँकी २ हजार ८ सय ९७ वटा कामै नलाग्ने अवस्थामा रहेका भू–उपग्रहले बेजोड गतिमा पृथ्वीको फन्को मारिरहेका छन् । त्यसबाहेक भू उपग्रह प्रक्षेपण गर्ने यानका टुक्रा, अनियन्त्रित अन्तरिक्ष केन्द्रलगायतका दशौँ हजार मानवनिर्मित वस्तुहरु पृथ्वीको कक्षमा बन्दुकबाट निस्केको गोलीभन्दा दशौँ गुणा तेज गतिमा घुमिरहेको स्पेस सर्भिलेन्स नेटवर्क नामक संस्थाको भनाइ छ ।

यसबाट पृथ्वीको कक्ष फेहोरको भाँडोको रुपमा विकास भइरहेकोमा वैज्ञानिकहरु चिन्तित छन् । कुनै कारणवश गडबडी भइ यस्ता सामान आपसमा ठोक्किए पृथ्वीको कक्षमा ‘केस्लर सिन्ड्रम’ नामक भयानक दुर्घटना भई अन्तरिक्ष कार्यक्रममा नै धक्का लाग्ने वैज्ञानिकहरु बताउँछन् । व्यापारिक प्रतिस्पर्धाको अहिलेको जमानामा भू–उपग्रहको डिजाइन र प्रक्षेपणमा लाग्ने खर्च निकै कम हुँदै गएको छ ।

यसैअनुसार अन्तरिक्षमा प्रक्षेपण गरिने भू–उपग्रहको सङ्ख्या पनि बढ्दै गएका छन् । कालान्तरमा पृथ्वीको कक्षमा रहेका फोहोर पनि बढ्दै जाने निश्चित छ । भू–उपग्रहको अन्वेषण तथा प्रयोग मानव सभ्यताको सबैभन्दा ठूलो उपलब्धी हो । भू–उपग्रहकै प्रयोगबाट सूचना, सञ्चार, सैन्य क्षेत्रमा बडाबडा सफलता हासिल भएका छन्, यसमा शंकै छैन । तर, भू–उपग्रहको प्रयोगसँगै पृथ्वीको कक्षमा रहेका फोहोर व्यवस्थापनमा नासा, एसा, रसकस्मोस, सी.एन.एस.ए, इस्रो जस्ता विश्वका ठूला अन्तरिक्ष कार्यक्रमले ध्यान दिन जरुरी छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. music skull mp3 free says:

    I was suggested this website through my cousin. I’m no longer certain whether this publish is written by way of him as no one else realize such special about my trouble. You’re incredible! Thank you!

    http://www.mp3fiesta.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट