समाचार

व्यवसायी गौचनका हत्यारा पक्राउ, योजनाकार फरार

काठमाडौ, २८ कार्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको एक महिना ४ दिन पछि प्रहरी हत्यारा सम्म पुग्न सफल भएको छ । मंगलबार मात्र प्रहरीले हत्या अभियोगमा पाच जनालाई पक्राउ गरि सार्वजनिक ग¥यो ।

पक्राउ पर्नेमा नुवाकोटका राजिव स्याङ्ताङ, पर्साका शिवजी महतो र सन्तोष गुरुङ, भारतीय नागरिक मुकेश कुमार पाण्डे र काठमाडौंका प्रकाश बुढाथोकी छन् । सिसिटिभी क्यामेरामा हत्याराको गतिविधी स्पष्ट देखिएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका यीनिहरु मध्य स्याङ्ताङ सुटर हुन् । त्यस्तै महतो, पाण्डे र गुरुङ हतियार र मोटरसाइकल व्यवस्थापन गर्ने व्यक्ति हुन् । बुढाथोकीले भने घटनामा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

प्रहरीका अनुसार, घटनाको मुख्य अभियुक्त समिरमान सिंह बस्नेत र मनोज पुन हुन । उनिहरुकै योजना अनुरुप नै व्यवसायी गौचनको हत्या भएको हो । अहिले मुख्य योजनाकार मानिएका बस्नेत र पुन सहित ८ जना भने फरार छन् ।

प्रहरीका अनुसार फरार अभियुक्तमा लोप्साङ तामाङ, बोक भन्ने गंगा लिङ्देन, श्यामबहादुर गुम्बे, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा छन् ।

गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेका प्रहरी अनुसन्धानबाट खुलेको छ । कति रकम मागिएको थियो भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार, यो समुहले हत्याका लागि एक महिना अघि देखि नै गौचनको निगरानी गरेका थिए ।

प्रहरीले घटनामा प्रयोग गरिएको दुईवटा मोटरसाइकल पनि बरामद भएको छ । घटनामा दुईवटा गोली प्रहार भएको र गोली फरक–फरक हतियारबाट प्रहार भएको अनुसन्धानबाट खुलेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट