समाचार

व्यवसायी श्रेष्ठको हत्यामा संलग्न ५ आरोपी सार्वजनिक

सुशील बस्नेत
दाङ, २८ जेठ । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न युवती पूजा घर्तीसहित ५ जनालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ ।

मंगलबार प्रहरी गुल्म तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवसायी श्रेष्ठको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरिएको हो । श्रेष्ठ सँगै अपहरणमा परेका घोराही निवासी स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरलाई समेत अपहरणकारीले हत्या गरेको खुल्न आएको छ । उनीहरुले श्रेष्ठलाई हत्या गर्नु अघिनै रणबहादुरको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

रणबहादुरको शब खोजीका लागि प्रहरीको टोली बुधबार सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे गएको छ । व्यवसायी श्रेष्ठ अपहरणका योजनाकार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ की पूजा घर्ती, पुजाका पिता ४० का टीकाराम घर्ती, अपहरणको मुख्य योजनाकार सल्यान झिम्पे ४ का ३५ बर्षिय मानवहादुर भण्डारीलाई प्रहरीले बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।

अर्का मुख्य योजनाकार भनिएका भुपेन्द्र भण्डारीलाई तुलसीपुरबाटै पक्राउ गरिएको र अर्का योजनाकार खुमबहादुर केसीलाई काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव भने असार १६ गते फेला परेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट