समाचार

शान्तिपुर्ण रुपमा ३ सय ३४ वटै स्थानीय तहमा मनोनयन–निर्वाचन आयोग

काठमाडौ, ४ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनको उम्मेदवार मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले ३ सय ३४ वटै स्थानीय तहमा दोस्रो चरणको निर्वाचनको उम्मेदवार मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनु भएको हो ।

आईतबार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको उम्मेदवारी मनोनयन भईसक्ने वित्तिकै संचारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता शर्माले असार १४ गते हुने निर्वाचन पनि शान्तिपूर्ण ढंगले सम्पन्न हुने बलियो आधार तयार भएको पनि उल्लेख गर्नु भयो ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको काममा सर्वसाधारणको समेत उत्साहपूर्ण सहभागिता देखिएको पनि स्पष्ट पारेको छ ।

आयोगले मतदान कार्यका लागि सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गर्नेछ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ८ हजार ३ सय ६४ वटा मतदान केन्द्र रहेका छन । स्थानीय तह पहिलो चरणको निर्वाचन गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट