समाचार

श्रममन्त्री बिष्टले भने- ‘कोमा’का बिरामीलाई स्वदेश ल्याएर उपचार गर्छाैं

काठमाडाैं, ३ बैशाख ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका क्रममा विभिन्न मुलुकमा बिरामी परी कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको छ । नेपाल सरकारले जिम्मा नलिँदा खाडी मुलुकका अस्पतालमा कोमामा रहेका दुइ दर्जनभन्दा बढी बिरामीलाई स्वदेश ल्याउन सकिएको छैन ।

मन्त्रालयले ती बिरामी ल्याउनका लागि परराष्ट्र र स्वास्थ्य मन्त्रालयसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । ‘विदेशमा कामको सिलसिलामा दुर्घटना वा अंगभंग भई कोममा रहेका बिरामीलाई नेपाल ल्याइ सुविधासम्पन्न अस्पतालमा उपचार व्यवस्था मिलाउने निर्णय गरिएको छ ।’ श्रममन्त्री गोकर्ण विष्टले भने ।

कतारमा मात्रै ११ जना नेपाली कोमामा छन् । कतिपय बिरामी १० वर्षदेखि उपचाररत छन् । कोमाका बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने सम्बन्त्री कार्यविधिको मस्योदा बनाउन विशेषज्ञको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ ।

समितीलाई प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणलाई गुणस्तरीय र विस्वसनीय बनाउन सूचीकृत स्वास्थ्य संस्थाको कार्यविधि र मामदण्डलाई समसामयिक सुधार गरी अनुगमन तथा नियमन प्रणाली प्रभावकारी बनाउने निर्णय गरेको छ । अभिमुखीकरण तालिमको पाठ्यक्रममा अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी विषय समावेश गर्ने पनि मन्त्रालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. http://gloriaphilips.soup.io/post/649184903/Sexy-nude-models-live-free-on-webcam says:

    Appreciate you sharing, great post.Really looking forward to read more. Awesome.

    http://gloriaphilips.soup.io/post/649184903/Sexy-nude-models-live-free-on-webcam

  2. kennewick richland pasco property management says:

    I really liked your article.Much thanks again. Want more.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट