समाचार

संखुवासभामा एमाले नेता चढेकाे गाडी एम्बुसमा पर्याे

संखुवासभा, २८ कार्तिक । संखुवासभामा बामगठबन्धनका ४ जना नेता चढेकाे गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो ।

एम्बुस बिस्फाेटका कारण गाडीमा सामान्य क्षति पुगेपनि गाडीमा रहेकाे नेताहरू भने शकुशल रहेका छन्र । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की र पूर्ण राईसहित सवार रहेका थिए ।

बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न बिहानै त्यसतर्फ हिडेका बेला बिस्फाेटपछि त्यहाँ केही समय हेलिकप्टरले गस्ती समेत गरेको छ । बिस्पोट कसले र किन गराएको हो भन्ने बारे केहि जानकारी नभएको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट