समाचार

संगठनमा संलग्न रहेको आरोपमा ईराकका १९ जना महिलालाइ जन्मकैदको सजाय

इराक, १७ बैशाख । आतङ्कबादी संगठन इस्लामिक स्टेटमा संलग्न रहेको आरोपमा ईराकी अदालतले १९ जना महिलालाइ जन्मकैदको सजाय सुनाएको छ ।

बग्दादस्थित केन्द्रीय अपराध अदालतले १९ जना महिलाहरु इस्लामिक स्टेट लडाकु समुहमा आवद्ध भएको प्रमाणित गर्दै जेल सजाय सुनाएको हो । सजाय सुनाइएका सबै महिला रुसी नागरिक रहेका हुन् । सन् २०१४ यता बिभिन्न क्षेत्रमा कब्जा जमाएको इस्लामिक स्टेट लडाकुलाई गत डिसेम्बरमा परास्त गरेपछि इराकी सरकारले बाँकी रहेका लडाकुबिरुद्ध कारवाही तिब्र पारेको छ ।

इस्लामिक स्टेट आवद्ध रहेको आरोपमा हालसम्म पाँच सय ६० जना महिला तथा छ सय बालबालिकालाई इराकी सरकारले पक्राउ गरीसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट